☰ open Loading... 20 September 2024|  

शिक्षिकालाई हाजिर गराउने विषयमा नगर प्रमुख र वडाध्यक्षबीच हात हालाहाल
पश्चिम नेपाल   | २८ श्रावण २०८१, मंगलवार १६:०९

जितपुरसिमरा उपमहानगरपालिकामा शिक्षक हाजिर गराउने विषयलाई लिएर नगर प्रमुख र वडा अध्यक्षबीच हात हालाहाल भएको छ।

मंगलबार, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२ का अध्यक्ष धन बहादुर श्रेष्ठ र नगर प्रमुख राजन पौडेलबीच विवाद चर्किएर हात हालाहालसम्म पुगेको हो।

विवादको जड भने सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई नगर प्रमुख पौडेलले हाजिर गराउन खोज्दा भएको थियो। नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर गराउने प्रयास गरेपछि विद्यालयमै वडा अध्यक्ष श्रेष्ठ र नगर प्रमुखबीच विवाद भएको थियो।

विवाद पछि, नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर नगराई फर्केका छन्। वडा नम्बर-१६ का अध्यक्ष हरिदेव खरेलले घटनाको पुष्टि गर्दै नगर प्रमुख र वडा अध्यक्षबीचको उक्त विवादको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेकाे छ।