☰ open Loading... 20 September 2024|  

५० जनामा हैजा संक्रमण
पश्चिम नेपाल   | २९ श्रावण २०८१, बुधबार ११:२७

केही सातायता देशका विभिन्न क्षेत्रमा फैलिएको हैजा संक्रमितको संख्या ५० पुगेको छ । स्वास्थ्य सेवा विभाग टेकुले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर ५० जनामा हैजा संक्रमण भएको र ललितपुरमा मात्रै ३८ जना संक्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौंमा दुई, प्युठानमा दुई, कैलालीमा आठजनामा हैजा संक्रमण देखिएको छ ।

विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालन गरी नियमित बिरामीको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगानी गर्ने÷गराउने कार्य गरिरहेको जानकारी दिएको छ ।