☰ open Loading... 20 September 2024|  

गाउँपालिका अध्यक्षमाथि सहकारी ठगीको आरोप
पश्चिम नेपाल   | २९ श्रावण २०८१, बुधबार २०:५५

स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।

स्याङ्जाको सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने, बचतकर्ताको रकम पनि आफ्नो व्यक्तिगत स्वार्थमा लगाउने गरेको खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुँवरले ०७६/७७ सालमा आफू सहकारीको सचिव हुँदा बचत रकम नेताहरुलाई आफूखुसी चलाउन दिएको र आफूले पनि चुनावमा खर्च गरेको छानबिनको क्रममा भेटिएको छ । पहिले शिक्षक रहेका उनी २०७३ सालदेखि नेकपा एमालेको राजनीतिमा संलग्न थिए ।