☰ open Loading... 20 September 2024|  

आज देशभर साधारणतया बदली
पश्चिम नेपाल   | ३० श्रावण २०८१, बिहीबार ०८:५१

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ।