☰ open Loading... 20 September 2024|  

बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते
पश्चिम नेपाल   | ३० श्रावण २०८१, बिहीबार १३:२३

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार बिहीबार बिहान ९ बजेर २० मिनेटको समयमा तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

दुर्घटनामा दुईजनाको मृत्यु भएको र ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ। मृतकको पहिचान भने खुलेको छैन।

दुर्घटनापछि बीपी राजमार्ग अवरुद्ध भएको छ। थप आउन बाँकी छ।