☰ open Loading... 20 September 2024|  

बिहीबार सुनचाँदीको मूल्य स्थिर
पश्चिम नेपाल   | ३० श्रावण २०८१, बिहीबार १३:२५

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।