☰ open Loading... 20 September 2024|  

कहाँ छ आठविस नगरपालिकाले किनेको तिन थान क्यामरा ?
पश्चिम नेपाल   | ३० श्रावण २०८१, बिहीबार १३:३९

दैलेखको आठबिस नगरपालिकाले कार्यालय प्रयोजनका लागि किनेको क्यामरा कहाँ छ कार्यालयका कर्मचारीलाई समेत थाहा छैन् । पटक पटक पश्चिमनेपाल डटकमले क्यामराको अवस्थाबारे सुचना माग गर्दा समेत क्यामराको बारेमा कर्मचारीहरु जवाफहिन देखिएको छन् ।

कति मुल्यमा किनेको ? किनेको मिति र प्रयोग गर्ने ब्यक्तिको बारमो विवरण माग्दा लामो समयदेखि नगरपालिकाका कर्मचारी जवाफहिन बनेका छन् ।

विवरण उपलब्ध गराई दिन हुन भनि प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीलाई पत्र दिएको र दिल बहादुर शाहीले जिन्सी शाखालाई सुचना मागअनुसार विवरण उपलब्ध गराई दिनुहुन भनेर तोक लगाएपनि जिन्सी शाखाले महिनादिनसम्म अटेर गरेको छ ।

नगरपालिकाले कार्यालय प्रयोजनका लागि भनेर ३ वटा क्यामरा खरिद गरेर ब्यक्तिगत प्रयोजनका लागि दुरुप्रयोग गरेको खवर पाएपछि नगरपालिकासंग पश्चिमनेपाल डटकमले सुचना मागेको थियो । तर, नगरपालिकाका जिन्सी शाखा प्रमुख प्रेम खड्काले सुचना मागको निवेदनमा प्रमुख प्रशासकिय अधिकृतले तोक लगाउदा समेत सुचना दिन अटेर गरेका छन् ।