☰ open Loading... 20 September 2024|  

दैलेखको नारायण र महावुले गरे इन्धनमै अचाक्ली खर्च
पश्चिम नेपाल   | ३० श्रावण २०८१, बिहीबार १५:४३

दैलेखका स्थानीय तहले पछिल्लो समय ईन्धन (तेल) मा अचाक्ली खर्च गरेको पाइएको छ। उनीहरुले आवश्यकभन्दा पनि बढी तेलमा खर्च गरेको पाइएको हो।

नारायण नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ५७ लाख २१ हजार ७ सय १० रुपैयाँको (अहिलेको दरभाउमा सरदर १७० रुपैयाँका दरले डिजेल र पेट्रोल झन्डै ३३ हजार ६ सय ५८ लिटर) तेल खर्च गरेको पाइएको छ। आधा करोड बढी रकम तेलमै नगरपालिकाले खर्च गरेपछि नगरपालिकामाथि प्रश्न समेत उठेको छ।

त्यस्तै दैलेखको महाबु गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा २५ लाख ८० हजारको (अहिलेको दरभाउमा सरदर १७० रुपैयाँका दरले डिजेल र पेट्रोल झन्डै १५ हजार २ सय लिटर) तेल खर्च गरेको महालेखाले देखाएको छ। तेलका नाममा अचाक्ली खर्च गरेको पाइएपछि महालेखाले समेत पालिकाहरूलाई प्रश्न गरेको छ।

दैलेखमा ११ पालिका रहेको छ जसमा जनप्रतिनिधि र कर्मचारी मिलेर सरकारलाई क्षति हुने गरि अनावश्यक रुपमा खर्च बढाएको पाइएको हाे। दैलेखमा खर्च बढी भएकै कारण अनावश्यक रुपमा बेरुजु दर समेत वर्षेनी बढ्दो छ।

बेरुजु न्यूनीकरण गर्न पालिकाहरूलाई महालेखाले सचेत समेत बनाएको छ।