☰ open Loading... 23 February 2025|  

बस दुर्घटना : १७ जना घाइते
पश्चिम नेपाल   | ३२ श्रावण २०८१, शुक्रबार ०८:५४

डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी तथा प्रवक्ता भीमलाल भट्टराईका अनुसार आज बिहान ५ बजेतिर बस दुर्घटना भएको हाे। बसमा सवार १७ जना घाईते रहेकाे बुझिएकाे छ। बसमा जम्मा कति जना यात्रु थिए भन्ने खुलेकाे छैन्।

अहिले राहात उद्धारकाे काम भइरहेकाे छ। घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ।