☰ open Loading... 19 September 2024|  

१५ हजार घुससहित प्रहरी हबल्दार अख्तियारको फन्दामा
पश्चिम नेपाल   | ३१ श्रावण २०८१, शुक्रबार ०९:००

१५ हजार रुपैयाँ घुससहित एक जना प्रहरी हवल्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (सुस्तापश्चिम) को प्रहरी चौकी भुजुवा दरबन्दी भई रुपन्देहीको भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का बिहीबार पक्राउ परेका हुन् ।

भारतबाटभगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोली उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।