☰ open Loading... 20 September 2024|  

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव भदौ २८ गते हुने
पश्चिम नेपाल   | ३२ श्रावण २०८१, शनिबार १३:४८

यसअघि स्थगित भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भदौ २८ गते हुने भएको छ ।

त्यसका लागि विद्यार्थी सङ्गठनहरु अग्रसर भइसकेका छन् । बिहीबार ९ वटा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् । स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा सङ्गठन दर्ता गरिएका हुन् ।

दर्ता हुनेमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, एमाले निकट अनेरास्ववियु, नेमकिपा निकट विद्यार्थी संघ, क्रान्तिकारी विद्यार्थी सङ्गठनलगायत ९ वटा रहेका छन् ।