☰ open Loading... 20 September 2024|  

सुर्खेतमा मुक्ती पर्व यसरी मनाईयो
पश्चिम नेपाल   | ३२ श्रावण २०८१, शनिबार १९:५६

सन्त निरंकारी मण्डल नेपालको सुर्खेत वीरेन्द्रनगर सत्संग भवन वीरेन्द्रनगर सुर्खेतमा भब्य कार्यक्रमको आयोजना गरि मुक्ति पर्व मनाईएको छ । सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नर बहादुर रावलको उपस्थितिमा मुक्ति मुक्ति पर्व मनाईएको हो ।

मुक्ति पर्वको अवसरमा आयोजित कार्यक्रममा सन्त निरंकारी मिसनको संन्देश जनमानिसमा पुयाउन बाबा अवतार सिंह जी महाराज, जगतमाता बुद्धवन्ती जी, राजमाता कुलवन्त कौर जी, युगनिर्माता माता सविन्दर हरदेव जी महाराजको जिवनको जिवनी र उहाँहरुले दिनुभएको योगदानको केन्द्रिय अध्यक्ष नर बहादुर रावलले चर्चा गरेका थिए । अन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष रावलले मुक्ति पर्वका बारेमा सुन्दर बचनहरु राखेका थिए ।

शनिवार दिउँसो भएको उक्त कार्यक्रममा वीरेन्द्रनगर नगर पालिका –१ का अध्यक्ष दिनेश खत्री लगायत वडा सदस्यहरुले समेत कार्यक्रममा आफ्ना भनाई राखेका थिए । वडाअध्यक्ष खत्रीले मानव जिवनमा मानवबाटै आउने हरेक नराम्रा कुराहरुबाट हरेक मानिसहरु मुक्ति हुनुपर्ने बताए । सन्त निरंकारी मिसनले नेपालभर ३५ बढी जिल्लामा आफ्नो शाखा बनाएको छ ।

 मुक्ति पर्वका बारेमा जानकारी दिदैं सन्त निरंकारी मिसनका केन्द्रिय अध्यक्ष नर बहादुर रावल । साथमा मुक्ति पर्व मनाउन आएका सहभागीहरु ।