☰ open Loading... 20 September 2024|  

कर्णालीका अधिकाँश जिल्लामा विहानैदेखि वर्षा
पश्चिम नेपाल   | १ भाद्र २०८१, आईतवार ०८:३०

मनसुनी वायुको प्रभावका कारण सुर्खेतसहित कर्णालीका अधिकाँश जिल्लामा विहानैदेखि वर्षात भइरहेको छ । आइतबार दिनभर बदली रहने र मेघ गर्जन चट्याङ्गसहित हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

कर्णालीका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट र जुम्ला जिल्ला तथा सूदुरपश्चिम प्रदेशका अधिकाँश जिल्लामा वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

वर्षात भइरहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुराेध गरेकाे छ । वर्षात हुने क्रम जारी रहेकाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु पनि अपिल गरिएकाे छ ।