☰ open Loading... 20 September 2024|  

पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु
पश्चिम नेपाल   | २ भाद्र २०८१, सोमबार १०:१३

जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ ।जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् । भुकम्प प्रभावित यो परिवार अस्थाई टहरामा बस्दै आएको थियो ।प्रहरी घटनास्थल जाँदै छ । थप विवरण आउन बाँकी रहेको छ ।