☰ open Loading... 19 September 2024|  

दुई दिनदेखि विद्युत् अवरुद्ध
पश्चिम नेपाल   | २ भाद्र २०८१, सोमबार १०:२६

कर्णाली प्रदेशमा दुई दिनदेखि विद्युत् अवरुद्ध भएको छ ।कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइनमा आइतबार बिहानैदेखि बबई र हर्रेको बिच खोलामा रुख ढलेर करिब ६ वटा पोलको तारमा क्षति पुगेपछि विद्युतविहीन बनेको हो ।

ठाउँ ठाउँमा पोलहरु ढल्दा, भाँचिँदा र पोल तथा तारमा रुखहरु ढल्दा विद्युत् सेवा अवरुद्ध भएको हो।
वर्षातको समय र घना जङ्गलबिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानैदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडे पनि आइतबार बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र मर्मतको काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।