☰ open Loading... 19 September 2024|  

दैलेखमा खाेलाले बगाउँदा एकजना बेपत्ता
पश्चिम नेपाल   | २ भाद्र २०८१, सोमबार २१:२१


दैलेख । माछा मार्ने क्रममा खोलाले बगाउँदा दैलेखमा एक जना बेपत्ता भएका छन् ।

डुङ्गेश्वर गाउँपालिका -२का ६०वर्षीय बल बहादुर गाहा लाेहाेरे खाेलामा माछा मार्ने क्रममा बेपत्ता भएका हुन् ।


डुङ्गेश्वर गाउँपालिका–२लाकुरी तुल्सेनि बस्दै आएका गाहा साेमबार करिब १२:३०काे समयमा  माछा मार्न गएका डुवेश्वर गाँउपालिका -२का वडाध्यक्ष याम बहादुर बिष्टले बताए ।

 उनी बेपत्ता भएकाे खबर प्राप्त हुनासाथ खोजतलास सुरु गरे पनि अझैसम्म फेला पार्न सकेकाे छैन।

बेपत्ता गाहाको खोजी भइरहेको दैलेख प्रहरीले जानकारी दिएको छ।