☰ open Loading... 19 September 2024|  

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको ९औँ साधारण सभा सम्पन्न
पश्चिम नेपाल   | ७ भाद्र २०८१, शनिबार १९:४७

दैलेख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको साधारण सभा सम्पन्न भएको छ ।प्रतिष्ठानका अध्यक्ष यामराज विष्टको अध्यक्षता र नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माको प्रमुख आतिथ्यतामा९औँ साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा नगर प्रमुख शर्माले लोक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्ने बताए । उनले गीत सङ्गीतको जगेर्ना गर्दै प्रतिण्ठानलाई अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले आगामी दिनमा लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा कलाकारहरुको प्रतिभा प्रस्फुटनमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।


त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका हरिमाया कार्कीले प्रतिष्ठानका लागि जति गर्नुपथ्र्यो त्यति गर्न नसकिएको तर जति गरियो त्यो महत्वपुर्ण रहेको बताउँदै सबैलाई धन्यवाद दिइन् ।यो क्षेत्रमा देखिएका विकृति विसंगतीलाई न्युनिकरण गर्न संस्थागत क्रियाशिलता बढिरहेकोे उनले सुनाइन् ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेखका अध्यक्ष यामराज बिष्टले प्रतिष्ठान स्थापना गर्दादेखि थुप्रै काम गरेको बताए ।लोक दोहोरीको क्षेत्रमा केही महत्वपूर्ण कामहरुको थालनी आफ्नो प्रयासमा भएको दावी गरेका उनले संस्थामा आवद्ध नयाँ कलाकारलाई यो क्षेत्रमा अगाडि बढ्नको लागि सहयोग गर्ने बताए ।उनले लोक तथा दोहोरी गीत प्रतिष्ठानले दैलेखमा धेरै राम्रा काम गर्ने लागेकोले सबैले साथ र सहयोग दिनुपर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानलाई अतुलनीय सहयोग गरेको भन्दै दैलेखका २ जना स्रष्टा र प्रतिष्ठानलाई सहयोग गर्ने ७जनालाई म्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा नारायण नगरपलिका -६का वडाध्यक्ष जनक न्यौपाने, लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका संस्थापन अध्यक्ष लोकेन्द्र जिसी कुमार ,गायिका मन कुमारी सुनार,पत्रकार बिण्णु शर्मा,पुष्कर थापा,दैलेख प्रहरी प्रमुख सुनिल दाहाल,नारायण नगरपालिका दैलेखका प्रमुख प्रसासकिय अधिकृत रेशम बुढा,नौमूले गाँपालिका दैलेखका प्रमुख प्रसासकिय अधिकृत भक्त मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष खगेन्द्र खड्कालले आर्थिक विवरण प्रस्तुत गरेका थिए ।