☰ open Loading... 19 September 2024|  

स्थानीय तहका कर्मचारी आन्दोलनमा
पश्चिम नेपाल   | ४ भाद्र २०८१, बुधबार १९:२५

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको हकहितमा ऐन जारी गर्न माग गर्दै कर्णालीका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, कर्णाली प्रदेश समितिले तत्काल स्थानीय कर्मचारीहरूको हकहितमा ऐन जारी गर्न ध्यानाकर्षणका लागि ¥यालीसहितको टोली मुख्यमन्त्री कार्यालयमा पुगेको हो।

कर्णाली प्रदेश सरकारले तर्जुमा गरेको स्थानीय सेवा गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ जारी हुने तयारी र कर्णाली प्रदेश सभाका माननीयहरूले दर्ता गरेको संशोधन प्रस्ताव उपर प्रदेश मामिला समितिमा छलफल चलिरहेको बेला स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको हकहितमा ऐन जारी गर्न ध्यानाकर्षण गर्नका लागि दबाब दिएका हुन्।

स्थानीय सेवा विधेयक संशोधन सहित तत्काल ऐन जारी गराउन आवश्यक रहेकाले आफुहरु आन्दोलित हुनु परेको आन्दोलनरत्त कर्मचारी खगेन्द्र विसीले बताए। आन्दोलनमा रहेका कर्मचारीहरूले बिहीबार कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्य तालिका रहेको छ।