☰ open Loading... 20 September 2024|  

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सभापतिको लागि ७ जनाको उम्मेदवारी
पश्चिम नेपाल   | ७ भाद्र २०८१, शनिबार २०:५१

मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिको लागि ७ जनाको उम्मेदवारी परेको छ । यही भदौ २८ गते हुने निर्वाचनका लागि विभिन्न दलसँग आबद्ध विद्यार्थी संगठन र स्वतन्त्रसहित ७ जनाले सभापति पदको लागि उम्मेदवारी दिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल विद्यार्थी संघबाट रोशन बस्नेतले सभापतिको लागि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सभापति पदमा अनेरास्ववियुबाट जगतजंग शाही, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट उमेश उपाध्याय, अखिल क्रान्तिकारीबाट दीपक खड्का, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार, स्वतन्त्रबाट युवराज चपाईं र दीपेश चन्दले उम्मेदवारी दिएका छन् ।

सचिव पदका लागि नेविसंघबाट भूपेन्द्र आचार्य, अनेरास्ववियुबाट विजय कार्की, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट सन्देश शाही, अखिल (समाजवादी) बाट चिनबहादुर सहकारी, स्वतन्त्रबाट सबिन रोकायले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा नेविसंघबाट हिमाल कोइराला, अनेरास्ववियुबाट सीता रोकाय, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट संगिता कुमारी शाही, अनेरास्ववियुबाट दिलबहादुर शाही, स्वतन्त्रबाट धनु रोकायले उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदस्य पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।