☰ open Loading... 19 September 2024|  

नवराज सुवेदीद्वारा निर्देशित “छुच्ची माया” गीत सार्वजनिक
पश्चिम नेपाल   | ८ भाद्र २०८१, आईतवार ०७:४७

शिव जिएम र आर्जु चौधरीको आवाज रहेको तथा नवराज सुवेदीको निर्देशन रहेको नेपाली भाषाको गीत ‘छुच्ची माया’ सेभिल ईन्टरटेनिमेन्टबाट रिलिज भएको छ । पछिल्लो समय पश्चिम नेपालमै उत्कृष्ट थारु भाषाका गीतहरु निर्देशन गर्दै आएका निर्देशक नवराज सुवेदीले यसपाली नेपाली भाषाको गीत छुच्ची माया बजारमा ल्याएका छन् ।

स्थानिय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको भिडियोको नवराज सुवेदीको निर्देशन रहेको गीतमा अभिनय संचारकर्मी तथा मोडल कृष्णराज अधिकारी र मोडल खुस्बु थापाको रहेको छ । गीतमा आवाज शिव जिएम र आर्जु चौधरीको रहेको छ भने शब्द संगीत शिव जिएमको आफ्नै रहेको छ । यस्तै म्युजिक एरेन्ज केशव बढुको रहेको छ ।

गीतको छायाकंन र भिडियो सम्पादन रामु चौधरी,मेकअप लक्ष्मी चौधरीको रहेको छ भने भिडियो सम्पादनको कार्य आरकेसी डिजिटल स्टुडियोमा गरिएको हो ।

निर्देशक नवराज सुवेदीले थारु गीत संगीतपछि नेपाली गीत छुची मायाबाट सुरुवात गरेका छन् भने । यो क्षेत्रमा काम गर्न धेरै गारो भनेको बेला कुनै चीज उपल्ब्ध नहुने तर पनि केन्द्र बराबरको काम हुने आफ्नै ठाउँमा गर्न पाउँदा धेरै खुशी लागेको सुवेदीले बताए ।