☰ open Loading... 19 September 2024|  

सुर्खेत बसपार्कमा दिनहुँ लफडा (भिडियो)
पश्चिम नेपाल   | ८ भाद्र २०८१, आईतवार ११:५२

सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ । प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो ।

सुर्खेतमा हिल्सा यातायात प्रा.ली. र संयूक्त यातायातबाट छुट्ने गाडीमा यात्रु चढाउनका लागि बल प्रयोग गर्ने गरेका छन् । उनीहरुले यात्रुहरुलाई तानातान गर्ने, झोला चुटाउने अमानविय ब्यवहार गर्ने गरेका छन् । जसका कारण प्रहरी दैनिक रुपमा विहानैबाट बसपार्कमा खटिने गरेका छन् ।

प्रहरीकै अगाडी यात्रु तानेर हाल्न दुई समितिले जोरबल गरिरहेका हुन्छन् । स्थायी रुपमा यातायात ब्यवसायीको समाधान गर्न लाग्नुपर्ने यातायात ब्यवसायीहरु बताउँछन् ।

आइतवार विहान करिव ४० मिनेट बसपार्क अगाडी चारलेनको सडकमा गाडी राखेर जक्काजाम गरेपछि सर्वत्र विरोध भएको छ । स्कुल बस, एम्वुलेन्स समेत हिड्न कठिनाई हुने गरि संयुक्त यातायातले गाडी जाम गरेको थियो ।

संयुक्त यातायातले प्रहरीले आफ्ना गाडीलाई धपाउने गरेको र अरु यातायातका गाडीलाई यात्रु हाल्न दिने गरेको आरोप लगाएको छ ।