☰ open Loading... 19 September 2024|  

मदिरा सेवनपछि अछाम कांग्रेस प्रवक्ता र जिल्ला समन्वय प्रमुखबिच कुटाकुट, दुवै घाइते
पश्चिम नेपाल   | ९ भाद्र २०८१, सोमबार २२:५३

जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र कांग्रेस जिल्ला प्रवक्ता पदमबहादुर शाहबीच मदिरा पिएर कुटाकुट भएको छ । आइतबार साँझ समन्वय समितिको कार्यालयभित्रै रहेको समन्वय प्रमुखको निवासमा अन्य दुईजनासहित उनीहरूले मदिरा सेवन गरेका थिए । राति साढे १० बजेसम्म चलेको ‘मदिरा पाटी’मा सुरक्षित आवास गृह (सेफ हाउस) र कांग्रेस जिल्ला नेतृत्वको विषयमा भनाभन हुँदा उनीहरूबिच कुटाकुट भएको हो ।

समन्वय प्रमुख कुँवरले गालामा झापड हानेर शाहको घाँटी च्यापेपछि शाह प्रतिकारमा उत्रिएका स्रोतकाे दाबी छ । समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको घाँटी, हात र छातीमा चोट लागेको छ ।

कुँवर कांग्रेसबाटै निर्वाचित समन्वय प्रमुख हुन् । अछाममा जिल्ला समन्वय समितिले जिम्मा लिएर सेफहाउस सञ्चालन गर्ने विषयमा कांग्रेसभित्र दुई थरी धारणा छ । सेफहाउस जिल्ला समन्वय समितिको मातहतमा रहन नहुने पक्षमा प्रवक्ता शाहको समूह छ भने समन्वय प्रमुख कुँवरको समूह समन्वय समितिले नै सेफहाउस सञ्चालन गर्नेुपर्ने पक्षमा छ ।