☰ open Loading... 19 September 2024|  

हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य
पश्चिम नेपाल   | ११ भाद्र २०८१, बुधबार १२:३५

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।