☰ open Loading... 19 September 2024|  

अस्पतालको सार्वजनिक सुनुवाई
पश्चिम नेपाल   | ११ भाद्र २०८१, बुधबार १२:५५

दैलेखको आठबिस नगर पालिकाद्धारा सञ्चालित राकमकर्णाली आधारभूत अस्पतालले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को वार्षिकमा भएगरेका कामहरु र आर्थिक अवस्थाबारे सार्वजनिक गरिएको हो ।

आधारभूत अस्पतालका इन्चार्ज किरण माँझीले अस्पतालको वार्षिक आयव्यय सार्वजनिक गरे । उनले अस्पतालका बारेमा स्पस्ट पार्दै कम श्रोतसाधन र कर्मचारी कोटाहरु तत्काल पुरा गरिदिन नगर सरकारसंग माग राखे । अस्पतालको आयव्यय सवै जनप्रतिनिधि र नागरिकमाँझ स्पष्ट राख्न पाउदाँ खुसी ब्यक्त गरे ।

राकमकर्णाली आधारभुत अस्पतालले पछिल्लो समयमा धेरै राम्रा सेवाहरु प्रदान गरिरहेको र अँझै अप्रेशन थेटर लगायतका सेवाहरु तत्काल उपलब्ध गराउन आफुले निरन्तर लागिपर्ने वाचा आठविस नगरपालिकाका पूर्व उपप्रमुख दिपा बोहोराले बताईन् ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रभित्र बोलेर मात्र नहुने र नभएका सेवाहरु तत्काल सुचारु गर्न नगर सरकारलाई दवाब दिईरहेको नेकपा एमाले प्रदेश कमिटीका सदस्य पदम बहादुर माझिले बताए ।

स्थानीय सरकाले २ वर्ष बितिसक्दा पनि केही काम नगरेको र बोलेर मात्र नपुग्ने भएकाले तत्काल कामहरु सुचारु गर्न नगर सरकारलाई दवाब दिदै आएको राकमकर्णाली आधारभूत अस्पताल ब्यवस्थापक तथा आठविस ४ नम्वर वडाका अध्यक्ष टेक बहादुर माँझीले बताए ।