☰ open Loading... 19 September 2024|  

अटो चलाएर मासिक ४० हजार आम्दानी
पश्चिम नेपाल   | १४ भाद्र २०८१, शनिबार ०५:२४


 

कैलाली– पछिल्लो समयमा घरायसी धन्दामै समय व्यतित गर्ने महिलाहरु अटो रिक्सा चलाएरै स्वरोजगार बन्दै गएका छन् । अटो रिक्साले महिलालाई आम्दानी मात्र नभई आत्मनिर्भरताको बाटोमा लगेको छ । कैलालीका महिलाहरु आयआर्जनका कार्यमा सक्रिय भएका छन् । महिलाले पनि ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्दै महिलाहरुले बिभिन्न ब्यबसाय सञ्चालन गरेका छन् ।
जसको उदाहरण हुन कृष्णपुर नगरपालिका–२ का ४० वर्षीया लक्ष्मी जोसी । उनीले अटो चलाएर पछिल्लो समयमा मासिक४०हजार रुपैँया भन्दा बढी आम्दानी गर्ने गरेको बताईन् । श्रीमान एक्लैको कमाईले उनको परिवारलाई घर धान्न मुस्कील पर्ने र त्यसमा पनि ज्याला समयमा नपाउने भएकोले झनै घर खर्च चलाउन समस्या थियो । तर, लक्ष्मीले २ वर्ष यतादेखि अटो रिक्सा चलाएर मासिक ३५ देखि ४० हजारसम्म कमाउन थालेपछी पछिल्लो समयमा उनको परिवारलाई निक्कै सहज भएको छ ।
कृष्णपुर नगरपालिका २ घर भएकी लक्ष्मीका श्रीमानले केही बर्ष पहिला दोस्रो बिहे गरे । अलग बसेका श्रीमानले उनलाई र छोराछोरीलाई समेत सहयोग गरेनन्.। उनलाई विहान बेलुकाको समयमा छाक टार्नै हम्मे हुन थाल्यो । आफ्ना छोरालाई के खुवाउने, कसरी पढाउने भन्ने पीरमा उनले लामो समय विताउनुप¥यो । उनले अटो रिक्सा व्यवसाय सुरु गरेपछि अब भने श्रीमानको आश गर्नै पर्दैन उनले राजधानीलाई भनिन् । उनले अटो रिक्सा व्यवसाय सुरु गरेपछि आफूलाई पछिल्लो समयमा आत्मनिर्भर बन्नु भनेको के हो भन्ने महसुस भएको लक्ष्मी बताउछिन् ।
रिक्सा चलाएर घर खर्च जुटाउन र बालबच्चा पढाउन सजिलो भएको उनी बताउछिन् । काम पाईएन भनेर विदेशिनु भन्दा आफ्नै ठाउँमा अवसर खोजनुपर्ने उनले बताइन् ।
दैनिक एक हजार देखि २ हजार सम्म औसत कमाइ हुँदा पनि मासिक करिब ४०हजारको हाराहारीमा आम्दानी हुन्छ उनले थपिन् अटो चलाएर कमाएको पैसाले परिवार पाल्न सजिलो भएको छ । सुरुका दिनमा अटो रिक्सा चलाउँदा महिलाले पनि रिक्सा चलाउँछन् र भन्ने प्रश्न आउने गर्थे तर मनमा साहस हुँदा र आत्मनिर्भर बन्ने चाहना भएपछि हरेक काममा सफल होइने लक्ष्मीको अनुभव छ ।