☰ open Loading... 16 September 2024|  

बाँकेमा बस दुर्घटना २ जनाको मृत्यु
पश्चिम नेपाल   | १२ भाद्र २०८१, बिहीबार १३:३९

यात्रुबहाक बस दुर्घटना हुँदा बाँकेमा दुईजनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको भे१ख २१२८ नम्बरको उक्त बस नेपालगन्ज-कोहलपुर सडकअन्तर्गत गनापुरमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो

बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकको प्रहरीले परिचय खुलाएको छैन ।