☰ open Loading... 18 September 2024|  

बँदेल मारेको आशंकामा पूर्वडीआईजी, बहालवाला सईसहित १० जना पक्राउ
पश्चिम नेपाल   | १२ भाद्र २०८१, बिहीबार १३:४१

सप्तरीमा बँदेल मारेको आशंकामा पूर्व डीआईजी, बहालवाला सईसहित १० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी पलार क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गरेको ट्याक्टर र स्कार्पियोमा सवार चोरीसिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर-३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रहरीले स्कार्पियो गाडीमा फेला पारेको थियो भने गाडीबाट प्वाइन्ट टुटु क्यालिबर राइफल पनि फेला परेको र फेला परेको हतियार लाइसेन्स प्राप्त रहेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।