☰ open Loading... 16 September 2024|  

बाँके बस दुर्घटना अपडेट : उपचारका क्रममा थप एक जनाको मृत्यु
पश्चिम नेपाल   | १२ भाद्र २०८१, बिहीबार १८:०२

बाँकेको गनापुरमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मत्यु भएको छ । दुर्घटनामा दाङ घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि दुर्घटनामा गम्भीर घाइते भएका दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो ।

दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस बिहीबार मध्यान्हतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका २५ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ ।

प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकी ४ जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेका छन् ।

दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।