☰ open Loading... 27 September 2025|  

सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर तीन जनाको मृत्यु
पश्चिम नेपाल   | १४ भाद्र २०८१, शुक्रबार १७:३६

पूर्वी नवलपरासीको विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ।

निसास्सिएर ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजाको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार, सेफ्टी ट्यांकीमा प्रवेश गरेका उनीहरुलाई अचेत अवस्थामा उद्धार गरिएको भएपनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

स्थानीय भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू अचानक बेहोस भएका थिए।