☰ open Loading... 21 September 2024|  

दैलेखमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
यामराज बिष्ट   | १४ भाद्र २०८१, शनिबार १७:१७

दैलेख । दैलेखमा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।आठबिश नगरपालिका–९ की २४वर्षीया कौशि कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।सुत्केरी व्यथा लागेको कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

अत्यधिक रक्तस्राव भएपछि शनिबार दिउँसो करिब १ बजे तिर हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी सुर्खेत पठाएको उनले जानकारी दिए ।

जिल्लामा गर्भवती महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बिनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको सुचना अधिकारी गणेशप्रसाद कोइरालाले बताए । उनले भने, ‘अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।अत्यधिक रक्तश्राव भएपछि सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो।