☰ open Loading... 19 September 2024|  

गोठपाँडा कृषक सहकारीको साधारणसभा सम्पन्न
यामराज बिष्ट   | १४ भाद्र २०८१, शनिबार ०७:१०

दैलेख । गोठपाँडा कृषक सहकारी सस्था लिमीटेड दैलेखको १८ औ बार्षीक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थामा हाल १ हजार १ सय ६२ जना शेयर सदस्य रहेका छन् ।

दैलेख सदरमुकाममा आयोजित साधारणसभामा सहकारीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै यो बर्ष कुल २६ करोड ७७ लाख ८ हजार ४ सय ३० रुपैयाको कारोवार गरेको जानकारी गराइएको छ ।

सहकारीले बचत ४ करोड ४९ लाख ४२ हजार २ सय ३२रुर्पौया प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै कर्जा लगानीतर्फ ६ करोड ८४ लाख ५६ हजार ७ सय २३ रुपैया रहेको छ ।

आयोजित साधारणा सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष मुना कुमारी थापाले सस्थाले सहकारीले बिगतदेखि संस्थाले महत्वपूर्ण योगदान गरेको बताइन् । उनले सहरकारी संस्थाको सुधार र विकासका लागि सुझाव लिने दिने प्लेटफर्मको रुपमा धेरै आवश्यक र महत्वपूर्ण हुने बताइन् ।अझै पनि सहकारी संस्थालाई व्यवस्थित गरेर अगाडी लैजाने उनले बताइन् ।

कार्यक्रमका जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भुपेन्द्र  खड्काले सहकारी संस्थाहरुले कृषकहरुको आर्थिक अवस्था सुधारका साथ साथै सामाजिक सुधार र उन्नयन तथा ग्रामीण विकासकालागि आवश्यक महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए । सरकारी संस्थालाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संस्थाले ठगी रहेको गुनासो धेरै आएको छ । यसमा सबै ईमानदारी भएर काम गर्नुपर्ने उनले जानकारी दिए ।

यस्तै नारायण नगरपलिका दैलेखका प्रमुख प्रसासकीय अभिकृत रेशम बुढाले कृषिको उन्नतिका लागि सहकारीले गरिरहेको प्रयासमा नारायण नगरपालिकाले समेत साथ दिने बताए । सहकारी संस्थाको रुपमा स्थापित र विकास भएको संस्थाले जिल्लामा धेरै सहकारी संस्थाहरुको अनुशरण कार्यक्रम सञ्चानल गरि नमुना कार्य गरिरहेको उनले बताए ।उनले सहकारी संस्थाले सबै संग समन्वय गर्नुपर्ने बताए ।

साधारण सभामा संस्थाले सहकारीको वृद्धि विकासका लागि सहयोग पु-याउने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।