☰ open Loading... 23 February 2025|  

विद्युत पोलमै करेन्ट लागेर एक जनाको मृत्यु
पश्चिम नेपाल   | १५ भाद्र २०८१, शनिबार ११:४५

जुम्लामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी २ मालिकाबोता चुनीलेख बस्ने वर्ष ८४ का गोरे रावत हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार शनिबार बिहान ५ बजे ट्वाइलेट जाने क्रममा ट्वाइलेट नजिकै रहेको राष्ट्रिय प्रसारण लाइनको बिद्युत् पोललाई छुने क्रममा करेन्ट लागी घटनास्थलमै उनको मृत्यु भएको हो।

सोही वडाका वडा अध्यक्ष खाम्मा रावतले प्रहरीलाई ८ बजे पत्राचार गरेका थिए।गत वैशाखमा राष्ट्रिय प्रसारण लाइन छोएर जुम्लाको सिंजा गाउँपालिका(३ छ्यानीगाडा निवासी १२ वर्षीया नबिना गिरीको करेन्ट लागेर मृत्यु भएको थियो। करेन्ट लागि सोही गाउँ निवासी ७५ वर्षीय हरिकृष्ण गिरी घाइते भएका थिए।