☰ open Loading... 21 September 2024|  

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेखको दोस्रो अधिवेशन सम्पन्न
पश्चिम नेपाल   | १५ भाद्र २०८१, आईतवार ०५:५२

दैलेख -राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति दैलेखको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न संघको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा कुष्ण सुनार, उपाध्यक्षमा जगत सुनार ,सचिबमा हिमेन्द्र बिश्वकर्मा ,सह-सचिव यज्ञ बहादुर बिक ,कोषाध्यक्ष डिल कुमारी नेपाली  सर्वसहमत चयन भएका छन् ।

यस्तै सदस्यमा पम्फा परिवार, ममता बिश्वकर्मा,अम्मर नेपाली ,चित्रकला नेपाली सहित ९ सदस्को कार्यसमिती सर्वसहमत चयन गरिएको सचिब हिमेन्द्र बिश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा नारायण नगरपालिका दैलेखका मेयर लोमन शर्माले विगत देखि पत्रकारिता क्षेत्रमा विभिन्न विकृति र विसंगति देखिरहेको भन्दै संघका पदाधिकारीहरुलाई कुनै पनि दवाब,र प्रभावमा नपर्न आग्रह समेत गरे। उनले नगरपालिकाले सक्ने सहयोग गर्ने र राष्ट्रिय दलित पत्रकार संघलाई हर क्षण साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

पत्रकारिता पेशाप्रति आकर्षण बढाउन र पत्रकारहरुको क्षमता विकासका लागि संघले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले बताए । उनले पत्रकारहरु एकजुट भएर संचार क्षेत्रमा लागेर दलितका हक अधिकारका पक्षमा कटिवद्ध भएर लाग्नु पर्ने बताए ।