☰ open Loading... 19 September 2024|  

शिक्षक लागी शिक्षण सिकाई तालिम सुरु
पश्चिम नेपाल   | १५ भाद्र २०८१, आईतवार २०:४४

दैलेख -नौमूले गाँउपालिका वडा नं-६ स्थीत शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षकहरुका लागी बाल केन्द्रित शिक्षण सिकाई तालिम सुरु गरिएको छ । नौमूले गाँउपालिका वडा नं-६को आयोजना,महिला सशक्तिकरण मंञ्च दैलेख,केड नेपाल सुर्खेतको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो ।वालकेन्द्रित शिक्षण सिकाई उपलब्धि र प्रभावकारी किसिमले सञ्चालन गर्नका लागि तालिम संञ्चालन गरिएको बिध्यालयका प्रधानाध्यापक मान बहादुर रावतले बताए ।उनले शैक्षिक सुधारका लागि विद्यालयले सिकाई उपलब्धिलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

वडाले शैक्षिक क्षेत्र सुधारको लागी वस्तुगत अध्यन र छलफलाई तिव्रता दिएको नौमूले गाँउपालिका वडा नं-६का वडासदस्य अभिमान सिंह थापामगरले बताए । उनले शैक्षिक सामाग्रि वनाई वालवालिकालाई शिक्षण सिकाई प्रभावकारि हुने र सिकाई उपलब्धि बढाउने प्रयास अन्तर्गत वडामा भएका विद्यालयका विद्यार्थीको आधार उपलब्धि परीक्षण हुने बताए ।