☰ open Loading... 19 September 2024|  

डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण
पश्चिम नेपाल   | १७ भाद्र २०८१, मंगलवार ०९:३२

देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेंगु रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।