☰ open Loading... 5 February 2025|  

पोखरीमा डुबेर किशोरीको मृत्यु
पश्चिम नेपाल   | १८ भाद्र २०८१, मंगलवार १५:५१

घरबाट घाँस काट्न हिँडेकी कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर ४ स्थित ताडी पोखरीमा डुबेर एक स्थानीय किशोरीको मृत्यु भएको छ।

सोमबार साँझ घरबाट हिँडेकी मिजुनियाकी बेकारू रैदासको छोरी १६ वर्षीया पुष्पा रैदासको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान माछा मार्न गएका एक जनाले पोखरीमा पुष्पाको शव देखेका थिए। शवलाई प्रहरी र स्थानीय मिलेर निकालेका थिए। शवलाई पोस्ष्मर्टमकालागि बहादुरगंज अस्पताल पठाइएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।