☰ open Loading... 19 September 2024|  

पालिका स्तरीय पोषण बिशेष कार्यक्रम
पश्चिम नेपाल   | १७ भाद्र २०८१, मंगलवार २०:३९

दैलेख । नारायण नगरपालिको  आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ ।  नारायण नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।


 कार्यक्रममा पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल विधि द्धारा ज्ञान,सिप र प्रोत्साहन गर्ने पोषण बिशेष कार्यक्रम ,मातृ शिशु तथा वाल्पकालिन पोषण लगायका बिषयमा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए ।आर्थिक वर्षदेखि गर्भवती आमा सुत्केरी कार्यक्रम,पोषण कार्यक्रम  नियमित रुपमा संचालन गरिने उनले बताए ।उनले सुनौला हजार दिन निकै महत्वपूर्ण हुने र त्यसपछि पाँच वर्षको उमेरसम्मको अवस्था प्रभावकारी रहने भएकोले त्यो उमेरमा बालबालिकाहरुको स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरे । उनले नारायण नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाले पोषण कार्यक्रम,सेवाग्राहीलाई दिने सेवाको अवस्था, सुत्केरी, गर्भपतन,जनस्वास्थ्यको अवस्था लगायतका बिषयमा छलफल गरिएको उनले बताए ।

 

बालबालिकाको उमेर अनुसारको बृद्वि र बिकास हुनुपर्नेमा भए नभएको बारेमा जानकारी लिन बच्चा जन्मेदेखि २४ महिना सम्म बाल तौल अनिवार्य लिन आवश्यकता पर्छ ,साथै उमेर अनुसारको खानेकुरामा ध्यान दिनुपर्ने हुन्छ,बाल स्वास्थ्यमा सुधारका लागि पोषण ब्यवहार परिवर्तन को महत्त्र्व लगायतका बिषयमा छलफल समेत गरिएको स्वास्थ शाखा प्रमुख खड्का जानकारी दिए।


कार्यक्रममा नारायण नरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले पालिका, स्थानीय समुदाय, नागरिक अगुवाहरु सवै मिलेर संयुक्त रुपमा अघि बढ्न सके समुदायमा सकारात्मक परिवर्तन संभव रहेको बताए । आफुले पालिकामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ सम्वोधन गरी अघि बढेको बताए ।नगरपालिकाले संस्वास्थ्य क्षेत्रमा थुप्रै काम गरेको समेत नगर प्रमुख शर्मा जानकारी दिए ।