☰ open Loading... 23 February 2025|  

फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने क्रम जारी
पश्चिम नेपाल   | १९ भाद्र २०८१, बुधबार १२:५३

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने क्रम अझै रोकिएको छैन। मंगलबार साँझदेखि ओलीलाई फेसबुकमा अनफलो गर्न सुरु गरिएको थियो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्न थालेका हुन्।

आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको भन्ने स्टाटस राखेका थिए। सो स्टाटस मंगलबार उनको फेसबुक पेजबाट हटेको थियो।