☰ open Loading... 23 February 2025|  

मुगुमा जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
पश्चिम नेपाल   | १९ भाद्र २०८१, बुधबार १२:५५

मुगुको सोरुगाउँपालिका-६ बन्जाह मोडमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ।

बुधबार बिहान ९ः३० बजेतिर सोरुकोटबाट गमगढी आउँदै गरेको जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ग १ ज ६४३७ नम्बरको जिप सोरु गाउँ पालिका(६ बन्जाह मोडमा ब्रेक फेल भई मोडबाट १ सय मिटर तल खस्दा जिप चालक ४५ वर्षीय नरबहादुर बुमीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

जिपमा अन्य यात्रु भने सवार थिएनन्। जिप दुर्घटना हुँदा सह(चालकले हाम फालेर ज्यान बचाएका छन्।