☰ open Loading... 23 February 2025|  

पहिरोले मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध
पश्चिम नेपाल   | १९ भाद्र २०८१, बुधबार १२:५७

मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध भएको छ। मङ्गलबारको अबिरल वर्षापछि मध्यरातमा आएको पहिरोले राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका-२ कुखुरेटारस्थित मध्यपहाडी लोकमार्गमा सडकको माथीबाट ढुङ्गा माटोसहितको सुख्खा पहिरो आई अन्दाजी १५ मिटर जति बाटो ढाकेका कारण बाटो दुईतर्फी नै अवरोध भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उक्त स्थानमा प्रहरी चौकी ग्वालटारबाट गएको प्रहरी टोलीले सडक खुलाउने पहल भइरहेको छ।

यसअघि दुई दिन अघि मात्रै मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका- ५ पञ्चकन्या, थाम्लेघाट मा सडक माथिबाट सुख्खा पहिरो आइ सडक अवरुद्ध भएको थियो।