☰ open Loading... 19 September 2024|  

आठविसको स्वास्थ्य तथा सामाजिक शाखाको प्रगति तथा सार्वजनिक सुनुवाई
गणेश बहादुर शाही, राकम कर्णाली दैलेख   | १८ भाद्र २०८१, बुधबार १४:२०

दैलेखको आठबिस नगर पालिका स्वास्थ्य तथा सामाजिक शाखाको सार्वजनिक सुनुवाई तथा वार्षिक प्रगति समिक्षा गोष्ठी गरिएको छ । शाखाबाट भएगरेका कामहरुको प्रगति तथा नागरिकहरुले चित्त नबुझेको विषय खुलेर राख्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिकमा भएगरेका कामहरुको प्रगति विवरणसहित खर्च सार्वजनिक सुनुवाईसंगै अगामी दिनमा सुधारका कामहरुको समिक्षा गरिएको हो ।

आठविस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज तिमेल्सेनाले शाखाको वार्षिक आय÷व्यय सार्वजनिक गरेका थिए । उनले आठबिस नगरपालिकाका नौ वटै वडामा भएका स्वास्थ्य अवस्था बारेमा स्पष्ट पारेका थिए । कम श्रोतसाधन कमी भएका स्वास्थ्य संस्थाहरुमा तत्काल सामाग्री र कर्मचारी आपूर्ती गर्न तिमेल्सेनाले नगर सरकारसंग माग राखेका छन् । उनले वर्षभरी गरिएका स्वास्थ्य तथा सामाजिक शाखाको आयव्यय सवै जनप्रतिनिधि र नागरिकमाँझ स्पष्ट राख्न पाउदाँ खुसी ब्यक्त गरे ।

थोरै श्रोतसाधनबाटै प्रभावकारी रुपमा स्वास्थ्य संस्थाहरु चलिरहेको स्वास्थ्य शाखा प्रमुख तिमेल्सेनाले बताए । सिमित बजेट हुँदा दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थाहरुलाई सुविधासम्पन्न गराउन नसकिएको समिक्षा गरिएको छ । स्वास्थ्य शाखामा पछिल्लो समयमा धेरै राम्रा काम भईरहेको सेवाग्राहीहरुले बताए ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा हामीले दिन नसकेका सेवाहरु तत्काल सुचारु गर्ने र हामीले नसकेका काम सेवाहरुलाई माथिल्लो निकायसंग समन्वय गरेर श्रोतसाधनहरु ल्याउने आठबिस नगर पालिकाका उपप्रमुख कल्पना कुमारी थापा (चन्द)ले बताईन् । कार्यक्रममा आठविस नगरपालिकाका पूर्व उपप्रमुख दिपा बोहोरा पनि आफ्नो भनाई राखेकी थिईन् ।

साथै सार्बजनिक सुनुवाई तथा वार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रममा नगर प्रमुख, राकम कर्णाली आधारभुत अस्पतालका इन्चार्ज, आठविसस्थित नौ वटै वडाका स्वास्थ्य स्थाका इन्चार्जहरु, जिल्ला अस्पतालबाट प्रतिनिधि, विभिन्न संघसंस्था तथा नागरिक समाजका अगुवा तथा सेवाग्राहीहरुको सहभागीता रहेको थियो ।