☰ open Loading... 16 September 2024|  

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो
पश्चिम नेपाल   | २० भाद्र २०८१, शुक्रबार ११:४२

बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको हो ।

बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।