☰ open Loading... 19 September 2024|  

पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी
पश्चिम नेपाल   | २० भाद्र २०८१, शुक्रबार ११:४८

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।