☰ open Loading... 19 September 2024|  

भियतनाममा चक्रवात ‘यागी’ का कारण मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो
पश्चिम नेपाल   | २५ भाद्र २०८१, बुधबार १३:०५

भियतनाममा चक्रवात ‘यागी’ का कारण १४३ जनाको मृत्यु भएको छ भने ५८ जना अझै बेपत्ता रहेका छन्। अधिकारीहरूले लाओस, थाइल्यान्ड र म्यान्मा पनि आँधी पछि आएको बाढीबाट प्रभावित भएका छन् ।

राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो। नदीमा पानीको स्तर द्रूत गतिमा बढेपछि रेड नदीको किनारमा बसोबास गर्ने सयौँ बासिन्दाको उद्धारका लागि प्रहरी, सैनिक र स्वयंसेवकहरू तैनाथ गरिएका छन्।

हाल कुल १६ वटा प्रान्त र सहरमा आकस्मिक बाढी र पहिरोको जोखिममा रहेका छन्। भियतनामी सरकारले ३० वर्षमा उत्तरी भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधी यागीबाट ज्यान गुमाउनेको सङ्ख्या देशभरि १४३ पुगेको र ५८ जना अझै बेपत्ता रहेको बताएको छ।

बेपत्ताहरूको खोजीका लागि पहिरो गएको क्षेत्रमा सेना परिचालन गरिएको बताइएको छ।

विनाशकारी चक्रवात पछिको वर्षाका कारण आएको पहिरोमा परी भियतनामको लाओ काई प्रान्तको दुर्गम पहाडी गाँउ लाङ नुमा ठूलो क्षति भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन्।

पहिरोमा परी लाङ नु गाउँमा मात्रै कम्तिमा २२ जनाको मृत्यु भएको छ।

त्यसैगरी छिमेकी राष्ट्र लाओसको लुआङ प्रबाङ प्रान्तका केही नदीमा पानीको सतह चेतावनीको स्तरमा पुगेको छ।

उत्तरी थाइल्यान्डको चियाङ माईमा पहिरोमा परी दुई र चियाङ राईमा अन्य दुई जनाको मृत्यु भएको छ।

म्यान्माका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार बाढीले पूर्वी शान राज्यको टाचिलिक सहरमा बिजुली र टेलिफोन लाइनहरू अवरुद्ध गरिएको र भारी वर्षाको पूर्वानुमान गरिएको छ