☰ open Loading... 20 September 2024|  

आगामी स्ववियु चुनावमा दुईतिहाइ क्याम्पस जित्ने नेविसंघका अध्यक्ष शेर्पाको दाबी
पश्चिम नेपाल   | २५ भाद्र २०८१, बुधबार २०:१७

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आगामी स्ववियु चुनावमा नेविसंघले दुईतिहाइ क्याम्पसमा जित्ने दाबी गरेका छन् । दैलेख पुगेका शेर्पाले बुधबार प्रेस युनियन दैलेख शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो दाबी गरेका हुन् ।

उनले नेविसंघको आन्दोलनकै कारण अहिले विश्वविद्यालयहरूमा खुला प्रतिस्पर्धाबाट भिसी नियुक्त गर्ने वातावरण तयार भएको समेत बताए ।

उनले विद्यार्थीको रुची, र क्षमताअनुसार कलकारखाना तथा उद्योगहरूसँग समन्वय गरी रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम नेविसंघले ल्याएको बताए । देशभरका विश्वविद्यालय र क्याम्पसहरूमा भएका व्यथितिको विरुद्ध उत्रिन आह्वानसमेत गरे।