☰ open Loading... 23 November 2024|  

पश्चिम नेपालमा रातिदेखि नै वर्षा
पश्चिम नेपाल   | २७ भाद्र २०८१, बिहीबार ११:५२

लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा २९ गते बिहानसम्म वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो ।

बुधबार रातिदेखि नै मनसुन सक्रिय हुँदा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, कञ्चनपुर लगायतका जिल्लाहरुमा बढी वर्षा भएको देखिन्छ ।

वर्षाको मात्रा अझै बढ्ने सम्भावना छ । खासगरी बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा अत्यधिक वर्षाको सम्भावना छ ।