☰ open Loading... 23 February 2025|  

चाैधाैं दिनमा बेपत्ता दुई किशोरीको उद्धार
पश्चिम नेपाल   | २७ भाद्र २०८१, बिहीबार १४:५४

बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन्। बेपत्ता किशोरीलाई काँकडभिट्टा चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यमिक विद्यालयको ९ र १० कक्षामा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए। उनीहरूको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो।

बेपत्ता अमृतालाई भारततर्फ लैजादै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरी प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको विद्यालयलका प्रधानाध्यापक ओमबहादुर थापाले बताए। सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो।