☰ open Loading... 22 October 2024|  

राप्ती राजमार्ग र दाङ – सुर्खेत सडक अवरुद्ध
पश्चिम नेपाल   | २८ भाद्र २०८१, शुक्रबार ११:०८

गएरातीदेखि परेको वर्षाले राप्ती राजमार्ग र दाङ- सुर्खेत सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडक माथिबाट ठूलो पहिरो गएको र जेसिबिको सहायताले पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए।