☰ open Loading... 22 October 2024|  

आठविसमा उपप्रमुखसहित समन्वय बैंठक
गणेश बहादुर शाही, राकमकर्णाली दैलेख   | २८ भाद्र २०८१, शुक्रबार ११:२५

दैलेख आठबिस नगरपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको अभिमुखिकरण बैठक सम्पन्न भएको छ । आठबिस नगर पालिकाको कार्यालयमा आईपास नेपाल, पास नेपाल र आठबिस नगरपालिका पदाधिकारीहरु बीच बैठक सम्पन्न भएको हो । आईपास नेपाल र पास नेपालको आर्थिक सहयोग र आठबिस नगरपालिकाको समन्वयमा बैठक बसालिएको हो ।

बैठकमा नेपालमा दिगो यौन प्रजनन स्वास्थ्य र अधिकार तथा जलवायु उत्थानशिल स्वास्थ्य प्रणाली र लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रमले काम गर्ने पास नेपालका कार्यक्रम अधिकृत कुसल चौधरीले बैठकमा जानकरी दिईन । यो कार्यक्रम कर्णाली प्रदेशका ४ वटा जिल्लामा सञ्चालित छ । जसमा दैलेख, जाजरकोट, रुकुम र सल्यान रहेको छ ।

दैलेखमा दुल्लु नगरपालिका र आठविस नगरपालिकामा कार्यक्रम लागू भएको आठबिस नगर पालिकामामा कार्यरत सामाजिक परिचालक सिमा कुमारी शाहीले बताईन् ।

बैठकमा आठबिस नगर पालिकाकी उपप्रमुख कल्पना कुमारी थापा (चन्द)ले यो कार्यक्रमले बिगत एक बर्षदेखि काम गरिरहेको र आगामी दिनमा क्षेत्र विस्तार गरी अझ ब्यापाक रुपमा काम गरी महिला हिंसा, महिनावारी, महिला प्रजनन् जस्ता क्षेत्रमा समुदायमै गएर जनचेतनामुलक कार्यक्रम गर्न सुझाव दिएकी थिईन् ।

कार्यक्रममा आठविस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, प्रहरी अधिकारी, अधिकारकर्मीहरु लगायत सरोकारवालाहरु सहभागी थिए ।