☰ open Loading... 22 October 2024|  

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
पश्चिम नेपाल   | २८ भाद्र २०८१, शुक्रबार १५:०२

पहिरोले बन्द भएको कर्णाली राजमार्ग दुई दिनपछि सुचारु भएको छ।

बुधबार बेलुकीको अविरल वर्षापछि कर्णाली राजमार्गमा पर्ने कालिकोटको गंगनेखोला एसमोड र हुल्ममा माथिबाट खसेको पहिरो दुई दिन लगाएर हटाएपछि सडक खुलेको हो।

पहिरोले शुभकालिका–१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्मलगायतका ठाउँमा सडक अवरुद्ध भएको थियो।

गगने खोला लगायतको पहिरो हटाएर गाडीहरूको आवतजावत सुरु गरिएको जिल्ला टाफिक प्रहरी कार्यालयका इन्चार्ज टोपबहादुर महताराले बताए। वर्षा रोकिएपछि सडक डिभिजन कार्यालय जुम्लाको मेसिनले पहिरो हटाएको छ।